त्रिशूलीमा हामफाले एकै परिवारका ४ जना

सफल खबर संवाददाता

विहीबार, ०२ माघ २०७६, २० : ३८
त्रिशूलीमा हामफाले एकै परिवारका ४ जना

प्रतिकात्मक फोटो

काठमाडौँ । धादिङबाट एक दुखद खबर आएको छ । धादिङको बेनीघाटस्थित त्रिशूली नदीमा हालिएको झोलुङ्गे पुलबाट एकै परिवारका ४ जनाले नदीमा हाम फाले छन् ।  

बिहीबार साँझ ६ बजेतिर काठमाडौँको चन्द्रागिरी नगरपालिका वडा नम्बर ५ स्थित थानकोट घर भएका विनय लामिछाने, उनको श्रीमती र दुई नाबालक छोरासहित त्रिशूली नदीमा हाम फालेका हुन् । 

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार उनीहरु त्रिशूली पुलबाट नदीमा हामफाले उनीहरुमध्ये  बिनयलाई जिवितै उद्दार गर्न सकिएपछि श्रीमतीको भने मृत्यु भएको छ । यस्तै दुई नाकाबलक छोराहरु वेपत्ता छन् । वेपत्ता हुने बालकहरु २ वर्ष र ६ महिनाको भएको प्रहरीले जनाएको छ ।  अहिले प्रहरीले बेपत्ता भएकाहरुको खोजीकार्य तीव्र बनाउनुका साथै घटनाबारे अनुसन्धान थालेको छ । यसरी फाल हाल्नुको कारण खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस