काठमाडौं । रुकुमपूर्वमा आज पुन: हिमपात भएको छ । पहिलेको हिउँ नबिलाउँदै पटकपटक भएको हिमपातले जिल्लाको माथिल्लो क्षेत्रका बस्तीहरु प्रभावित भएका छन् । मङ्सिरको अन्तिम साताबाट हिमपात शुरु गरेको हिउँ लगातार हप्ताहप्तामा परिरहेको छ ।
हिमपातका कारण जिल्लाका पुथा उत्तरगङ्गा गाउँपालिका, सिस्ने गाउँपालिकाका १ र २ नम्बर वडा तथा भुमेका केही क्षेत्रहरु प्रभावित भएका छन् । केहि हप्ता यता लगातार रुपमा भइरहेको वर्षा र माथिल्लो क्षेत्रमा भएको हिमपातले जिल्लावासीको जनजीवन कष्टकर बन्दै गएको छ । हिमपातका कारण पुथा उत्तरगङ्गा गाउँपालिकाका अधिकांश क्षेत्रहरु प्रभावित बनेका छन् । पहिलेको हिउँ बिलाउन नपाउँदै पुनःआज हिमपात भएपछि मानिस बाहिर निस्कन नसकेको वडा नम्बर १ मैकोटका कर्मशाही घर्तीले बताउनुभयो ।
बाक्लो हिउँ जमेकै कारण नागरिकका दैनिकी पनि ठप्प बनेको उहाँले बताउनुभयो । हिउँले सबै जमीन छोपेपछि पशुचौपायलाई पनि चरणक्षेत्रको अभाव भएको स्थानीयले बताएका छन् । पटकपटकको वर्षा र हिमपातले जिल्लामा विद्यालय जाने बालबालिका, ज्येष्ठ नागरिकलाई समस्या हुने गरेको छ । हिमपातकै कारण विकास निर्माणका कामलगायत सडक पनि अवरुद्ध भएका छन् । सडकमा चारदेखि पाँच फिटसम्म हिउँ जमेकै कारण मङ्सिरको अन्तिम साता अवरुद्ध भएको मध्यपहाडी लोकमार्ग अझै सञ्चालन हुन सकेको छैन ।
यता आकाशे पानीको भरमा खेती गर्ने किसानलाई भने हिमपात र वर्षाले निकै राहत मिलेको छ । पटक पटक भएको हिमपात र वर्षाले यस वर्षको बालीनाली सप्रने भन्दै जिल्लाका किसानहरु खुशी भएका हुन् ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ०२ माघ २०७६, २० : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाथीभरा क्षेत्रमा यो वर्षको पहिलो हिमपात
मुस्ताङमा आज पनि भारी हिमपात
गोरखामा हिमपात, मनास्लु भ्रमणमा गएका पर्यटक प्रभावित
हिमपातले न्यालु सडक बन्द
हुम्लाको उच्च भेगमा हिमपात, वर्षाले उडान अवरुद्ध
उत्तरी गोरखाको साम्दो क्षेत्रमा भारी हिमपात