ललितानिवास जग्गा प्रकरणका आरोपी शोभाकान्त ढकालको घरमा बम विस्फोट

सफल खबर संवाददाता

बुधबार, ०१ माघ २०७६, २० : ४०
ललितानिवास जग्गा प्रकरणका आरोपी शोभाकान्त ढकालको घरमा बम विस्फोट

प्रतिकात्मक फोटो

काठमाडौं । ललितानिवास जग्गा प्रकरणका आरोपी शोभाकान्त ढकालको घरमा बम विस्फोट भएको छ ।

बुधबार साँझ नागार्जुन-१ नर्सरी चोकस्थित उनको घरमा बिस्फोट भएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीलेका  अनुसार विस्फोटबाट ढकालको घरको पार्किङमा राखिएको कार र गेटमा क्षति पुगेको छ। साथै घरका झ्यालका सिसा फुटेका छन् ।

प्रतिक्रिया दिनुहोस