२६ तस्विरमा हेर्नुहोस्, आज मकर सङ्क्रान्तिका दिन देवघाटधाममा देखिएको दृश्य

हिरालाल आचार्य ‘डायमण्ड’

बुधबार, ०१ माघ २०७६, १२ : १०
२६ तस्विरमा हेर्नुहोस्, आज मकर सङ्क्रान्तिका दिन देवघाटधाममा देखिएको दृश्य

- हिरालाल आचार्य ‘डायमण्ड’
चितवन । आज मकर सङ्क्रान्तिका दिन देवघाट धाममा मेला भर्न र स्नान गर्न आउने भक्तजनहरुको घुइँचो लागेको छ । 

स्नान माघे संक्रान्तिको मुख्य विशेषता हो । माघे सङ्क्रान्तिमा बिहानै उठेर पवित्र जलाशय गएर स्नान गर्ने गरिन्छ । स्नान गर्न सम्भव भए गङ्गा नभए तीर्थ, नदी वा जलाशयको प्रयोग गर्नु भन्ने शास्त्रीय मान्यता रहेको देवघाटधाममा भेटिएका एक पुरोहितले बताए । उनका अनुसार माघे सङ्क्रन्तिमा तिलको विशेष महत्व रहेको छ । माघे सङ्क्रान्तिमा तिलले स्नान गर्नु, तिल हवन गर्नु, तिलको तेल घस्नु, पितृलाई तिल युक्त जल अर्पण गर्नु, तिल दान गर्नु र तिलयुक्त परिकार खुवाउनु वा खान गरी छ प्रकारले तिलको उपयोग गर्ने व्यक्ति कहिल्यै असफल नहुने शास्त्रीय मान्यता छ । आजका दिनदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामा र रात छोटा हुँदै जाने शास्त्रीय विश्वास रहेको उनले बताए ।

मेला भर्न र स्नान गर्नका लागि आउने भक्तजनहरुको सहजता र आपतकालीन उद्धारका लागि सो क्षेत्रमा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । 

देवघाटमा लागेको मेलाका कारण यस क्षेत्रका सडकहरुमा सवारी जाम देखिएको छ । देवघाट आउने सवारी साधनलाई ठिमुरा, रामनगर र दासढुङ्गाबाट आउने व्यवस्था मिलाइएको छ भने फर्कदा ती सवारीले आँपटारीको बाटो प्रयोग गरेका छन् ।

देवघाटधाम एक पवित्र तिर्थस्थल हो । यहाँ देशभर र भारतका विभिन्न क्षेत्रबाट वर्षेनी लाखौं भक्तजनहरु आउने गर्छन । 

हेर्नुहोस् तस्विर :

प्रतिक्रिया दिनुहोस