एजेन्सी । अमेरिकाले चीनलाई मुद्रा हस्तक्षेपकारीको रुपमा प्रस्तुत गर्दै आएको थियो । अब भने अमेरिका उक्त निर्णयबाट पछि हटेको छ । दुई देशले व्यापार युद्धलाई कमी गर्ने तयारी गरिरहेको सन्दर्भमा यो कदम चालिएको विश्वास गरिएको छ ।
चीनले उसको मुद्रालाई अवमूल्यन नगर्ने सहमती जनाएकाले आफूले उक्त कदम चालेको अमेरिकाले बताइएको छ । विगतमा अमेरिकाले चीनमाथि आफ्ना सामान सस्तो बनाउन मुद्रा अवमुल्यन गर्ने गरेको आरोप लगाउने गरेको थियो ।
वाशिन्टन र बेइजिङबीच यो साता व्यापार युद्ध सम्बन्धमा ‘पहिलो चरण’को सम्झौतामा हस्ताक्षर हुने आकंलन गरिएको छ । सम्झौताले दुई देशबीच बदलापूर्ण भंसार बढाउने खेल रोक्ने उदेश्य राखेको छ । यो खेल २०१८ देखि सुरु भएको थियो ।
राष्ट्रपति डोनाल्ड ट्रम्प स्वायमले विभिन्न अबसरमा चीनले युवानमा ¥हास हुन दिएर चिनियाँ सामाग्री सस्तो पार्न खोजेको आरोप लगाउने गरेका थिए ।
तर सोमबार अमेरिकाले चिनियाँ मद्रा युवानको मुल्य अगष्टदेखि स्वभाविक रहेको टिप्पणी ग-यो ।
अमेरिकाको ट्रेजरी सेक्रेटरी(अर्थमन्त्रीको जिम्मेबारी हेर्ने) स्टेभेन नुचिनले ‘चीनले मुद्रा अवमुल्यन नगर्ने प्रतिबद्धता’ गरेको बताए । चीनले आफ्नो विनियम दरबारेको सूचना दिन पनि सहमती जनाएको नुचिनले बताए ।
‘यो अवस्थामा ट्रेजरी डिपार्टमेन्टले चीनलाई मुद्रा हस्तक्षेपकारी(अवमूल्यकनकर्ता)को आरोप लगाइरहनु आवश्यक छैन ,’ ट्रेजरीले भने ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २९ पुस २०७६, १७ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकी टोली फर्केलगत्तै चिनियाँ टोलीको प्रवेश
आफ्ना नागरिकलाई अमेरिकाले भन्यो- तुरुन्तै इराक छोड्नू
इरानका १० उच्च अधिकारीको सुराकी दिनेलाई अमेरिकाले एक करोड डलर इनाम दिने
सम्झौताविना टुंगियो अमेरिका–इरान वार्ता
अमेरिकाले क्यारेबियन क्षेत्रमा गरेको डुंगा आक्रमणमा तीन जनाको मृत्यु
अमेरिकामा श्रीमती र छोरीको हत्या गर्ने नेपालीको प्रहरीको गोलीबाट मृत्यु