एजेन्सी । अमेरिकाले चीनलाई मुद्रा हस्तक्षेपकारीको रुपमा प्रस्तुत गर्दै आएको थियो । अब भने अमेरिका उक्त निर्णयबाट पछि हटेको छ । दुई देशले व्यापार युद्धलाई कमी गर्ने तयारी गरिरहेको सन्दर्भमा यो कदम चालिएको विश्वास गरिएको छ ।
चीनले उसको मुद्रालाई अवमूल्यन नगर्ने सहमती जनाएकाले आफूले उक्त कदम चालेको अमेरिकाले बताइएको छ । विगतमा अमेरिकाले चीनमाथि आफ्ना सामान सस्तो बनाउन मुद्रा अवमुल्यन गर्ने गरेको आरोप लगाउने गरेको थियो ।
वाशिन्टन र बेइजिङबीच यो साता व्यापार युद्ध सम्बन्धमा ‘पहिलो चरण’को सम्झौतामा हस्ताक्षर हुने आकंलन गरिएको छ । सम्झौताले दुई देशबीच बदलापूर्ण भंसार बढाउने खेल रोक्ने उदेश्य राखेको छ । यो खेल २०१८ देखि सुरु भएको थियो ।
राष्ट्रपति डोनाल्ड ट्रम्प स्वायमले विभिन्न अबसरमा चीनले युवानमा ¥हास हुन दिएर चिनियाँ सामाग्री सस्तो पार्न खोजेको आरोप लगाउने गरेका थिए ।
तर सोमबार अमेरिकाले चिनियाँ मद्रा युवानको मुल्य अगष्टदेखि स्वभाविक रहेको टिप्पणी ग-यो ।
अमेरिकाको ट्रेजरी सेक्रेटरी(अर्थमन्त्रीको जिम्मेबारी हेर्ने) स्टेभेन नुचिनले ‘चीनले मुद्रा अवमुल्यन नगर्ने प्रतिबद्धता’ गरेको बताए । चीनले आफ्नो विनियम दरबारेको सूचना दिन पनि सहमती जनाएको नुचिनले बताए ।
‘यो अवस्थामा ट्रेजरी डिपार्टमेन्टले चीनलाई मुद्रा हस्तक्षेपकारी(अवमूल्यकनकर्ता)को आरोप लगाइरहनु आवश्यक छैन ,’ ट्रेजरीले भने ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २९ पुस २०७६, १७ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिका जाँदै हुनुहुन्छ ? पहिल्यै १५ हजार डलर धरौटी राख्नुपर्ने नियम आउँदै
प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने फ्रान्सको घोषणा अमेरिकाद्वारा खारेज
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
युक्रेनलाई अमेरिकाले शक्तिशाली हतियार सहयोग गर्ने
संयुक्त राष्ट्रसंघकी विशेषज्ञमाथि अमेरिकाको प्रतिबन्ध
अमेरिकाद्वारा युक्रेनलाई हतियार दिन बन्द