लाइसेन्स बनाइदिने भन्दै घुस लिने पक्राउ

आइतबार, २७ पुस २०७६, २३ : ०५
लाइसेन्स बनाइदिने भन्दै  घुस लिने पक्राउ

काठमाडौं । सवारी चालक लाइसेन्स बनाइदिने भन्दै सेवाग्राहीसँग घुस लिने एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको ट्राफिक प्रहरी टोलीले सुजुकी ड्राईभिङ स्कुल एकान्तकुनाका सवारी चालक भरत बस्नेतलाई पक्राउ गरेको हो ।

उनले चार पांग्रे सवारी साधनको ट्रायल परिक्षामा पास गराइदिन्छु भनि  सेवाग्राहसँग ५ हजार घुस मागेको प्रहरीले जनाएको छ । तनहुँको भानु नगरपालिका ६ मुलपानी घर भइ हाल ललितपुरको कुसुन्ती बस्ने उनलाई  आवश्यक अनुसन्धान एवं कारबाहीको लागी महानगरीय प्रहरी बृत्त सातदोबाटोमा बुझाइएको  महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता जीवन कुमार श्रेष्ठले जानकारी दिए ।