बारा । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी जितपुरसिमरा उपमहानगरपालिका २ बस्ने १९ वर्षीय सुनिल साहलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत बाराको २०७२ चैत २१ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा ३ वर्ष कैद ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको प्रहरीले लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
साहलाई जिल्ला अदालत बारामा प्रस्तुत गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय वीरगंज पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ
डोल्पामा जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ
१६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी
जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ