बारा । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी जितपुरसिमरा उपमहानगरपालिका २ बस्ने १९ वर्षीय सुनिल साहलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत बाराको २०७२ चैत २१ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा ३ वर्ष कैद ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको प्रहरीले लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
साहलाई जिल्ला अदालत बारामा प्रस्तुत गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय वीरगंज पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ
डोल्पामा जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ
१६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी
जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ
१७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी
जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ