चितवन । श्रीमानले विदेशमा कमाएको सुन र पैसा बोकेर चितवनकी एक महिला सम्पर्कविहिन भएपकी छिन् । भरतपुर महानगरपालिका १३ उज्वल नगरकी २८ वर्षीय प्रमिला सुनार एक महिनाअघि देखि सम्पर्कविहिन बनेकी हुन् ।
एक महिनाअघि देखि सम्पर्कविहिन प्रमिलाको अत्तोपत्तो लागेको छैन । उनले दुई लाख नगद, दुई तोला सुनसहित बैंकको सम्पूर्ण कागजात लिएर सम्पर्कविहीन बनेकी उनका श्रीमान सन्तोष सुनारले बताए । वैदेशिक रोजगरीमा रहेका सन्तोष श्रीमती सम्पर्कविहिन भएपछि खोजीका लागि अहिले घर फर्किएका छन् ।
मंसिर २४ गतेदेखि सम्पर्कविहिन भएकी प्रमिलाको खोजीदिन सन्तोषले सबैसँग हारगुहार गरेका छन् । १ महिना पुग्न लाग्दा पनि नभेटिएपछि उनले जिल्ला प्रहरी कार्यालय चितवनमा खोजिदिन निवेदन समेत दिएका छन् । थप अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक एक नारायण कोइरालाले बताए ।
परिवारका अनुसार नगद, गरगहनासहित सम्पर्कविहिन भएकाले दोस्रो विहे गरेको आशंका छ । प्रमिलाका ११ वर्षीय छोरा र ९ वर्षकी छोरी पनि रहेका छन् । प्रमिला सम्पर्कविहिन हुनुभन्दा पहिले घरमा एक जना मान्छे घरमा आउने, जाने बस्ने गरेको छोरोले भनेको सन्तोषले बताए ।
विदेशमा कमाएको सबै सम्पत्ती लिएर हिँडेपछि सन्तोष तनावमा रहेका छन् । सन्तोषले अर्कैसँग बिहे गरेर गएको भए पनि एक पटक सम्पर्कमा आउन प्रमिलालाई आग्रह गरेका छन् । छोराछोरीले आमालाई खोज्दा उनको मन भक्कानीने गरेको दुखेसो पोखे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ पुस २०७६, ०९ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१ खारेज
पूर्वमन्त्री बिना मगरको कार्यकालमा मेलम्ची आयोजनाको प्रगति सबैभन्दा धेरै
दक्षिणकालीमा ट्रकको ब्रेक फेल भएपछि ...
विरोध प्रर्दशनमा दमन हुनुले निरंकुसता प्रतिबिम्बित हुन्छः फोनिज
देशभर एकैपटक धेरै संख्यामा सरकारी जागिर खुल्यो, ४७ हजार कर्मचारी माग (सूचनासहित)
कृषिमा विदेशी लगानी भित्र्याउने निर्णय फिर्ता लिन आग्रह