नेकपा अध्यक्षद्वयसँग तुम्बाहाङ्फेको अनुरोध 'मलाई नै सभामुख बनाउनुस्'

पत्रपत्रिकाबाट

शनिबार, २६ पुस २०७६, ०८ : ०२
नेकपा अध्यक्षद्वयसँग तुम्बाहाङ्फेको अनुरोध 'मलाई नै सभामुख बनाउनुस्'

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसमक्ष उपसभामुख डा. शिवमाया तुम्हाहाङ्फेले आफूलाई सभामुख बनाउन प्रस्ताव गरेकी छिन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको छलफलमा उपसभामुख तुम्बाहाङ्फेले यस्तो प्रस्ताव गरेकी हुन् ।

प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष ओली र अर्का अध्यक्ष दाहालले तुम्बाहाङफेलाई उपसभामुख पदबाट राजीनामा गर्न छलफलमा बोलाएका थिए ।

ओली, दाहाल र तुम्बाहाङफेको त्रिपक्षीय छलफलमा सभामुखको उम्मेदवार टुंगो लगाउने विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । उपसभामुख तुम्बाहाङफेले सभामुखको टुंगो नलागेसम्म आफूले राजीनामा गर्न नसकिने बताएकी छन् । यो समाचार आजको राजधानी दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस