तनहुँमा बस दुर्घटना, दुई जनाको मृत्यु

शुक्रबार, २५ पुस २०७६, १३ : ४३
तनहुँमा बस दुर्घटना, दुई जनाको मृत्यु

तनहुँ । तनहुँमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पाल्पाबाट तनहुँको भिमाद जाँदै गरेको ग १ ख ६१७५ नम्बरको  बस आज दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।

तनहुँको घिरिङ ३ मानपुरमा सडकबाट झण्डै ४० मिटर तल बस खसेको थियो ।  दुर्घटनामा घिरिङ १ का २० वर्षीय मुना थापाको घटनास्थलमै मृत्यु भएको छ।

घाइते भएकी घिरिङ ३ बस्ने ४२ वर्षीया नानीमाया गुरुङको पोखरास्थित फेवासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घइते भएका अन्य १७ जना यात्रुको अवस्था भने सामान्य रहेको ट्राफिक प्रहरी कार्यालय दमौलीका भूमिराज घिमिरेले जानकारी दिए।