झापा । पूर्व-पश्चिम राजमार्गअन्तर्गत झापाको झिलझिलेमा बुधबार बिहान मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
दुर्घटनामा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको हो ।
विपरीत दिशाबाट आएको प्रदेश १- ००१-००१ च ९३२९ नम्बरको बोलेरो जीप अनियन्त्रित भई मोटरसाइकललाई ठक्कर दिँदा उनीहरू गम्भीर घाइते भएका थिए ।
तीनै जनालाई उपचारका लागि बीएण्डसी अस्पताल लगिएकोमा उनीहरूको उपचारको क्रममा निधन भएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले जानकारी दिए ।
प्रहरीका अनुसार मोटरसाइकल चालकले बिना हेल्मेट मोटरसाइकल चलाइरहेका थिए । मृतक तीनै जनाको पहिचान खुलिसकेको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ बैशाख २०८१, ०७ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीमफेदी दुर्घटना अपडेट : मृतक ६ मध्ये चार जनाको सनाखत
मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु, दुईजना घाइते
चितवनमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
मोटरसाइकल दुर्घटना स्थलमा युवकको शव फेला
गिरिबन्धु टि-स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु