बुटवल । गुल्मीदरबार गाउँपालिकामा मोटरसाइकल दुर्घटनामा एक युवाले ज्यान गुमाएका छन् ।
गुल्मीदरबार–३ को म्यालपोखरीस्थित रिडी तम्घास मुख्य सडकमा लु ३५ प ५४८४ नम्बरको पल्सर मोटरसाइकल दुर्घटना हुँदा स्थानीय २९ वर्षीय अनिलराज घर्तीले ज्यान गुमाएका हुन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मी डिएसपी शंकर पोखरेलका अनुसार सोही पालिका–४ भट्टेचौरका करिब ३० वर्षीय यम बहादुर सूर्यवंशी घाइते भएका छन् । घटनामा गम्भीर घाइते घर्तीलाई उपचारका लागि गम्घासस्थित गुल्मी अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा थिए ।
मोटरसाइकल अनियन्त्रित भई सडकदेखि करिब ३० मिटर तल खसेको थियो । घटनामा घाइते भएका सुर्यवंशीलार्ई थप उपचारका लागि पाल्पाको मिसन अस्पताल लगिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ बैशाख २०८१, ०९ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते
दाङमा ट्याङ्कर र कार ठोक्किँदा ५ जना घाइते
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते
अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु