बुटवल । गुल्मीदरबार गाउँपालिकामा मोटरसाइकल दुर्घटनामा एक युवाले ज्यान गुमाएका छन् ।
गुल्मीदरबार–३ को म्यालपोखरीस्थित रिडी तम्घास मुख्य सडकमा लु ३५ प ५४८४ नम्बरको पल्सर मोटरसाइकल दुर्घटना हुँदा स्थानीय २९ वर्षीय अनिलराज घर्तीले ज्यान गुमाएका हुन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मी डिएसपी शंकर पोखरेलका अनुसार सोही पालिका–४ भट्टेचौरका करिब ३० वर्षीय यम बहादुर सूर्यवंशी घाइते भएका छन् । घटनामा गम्भीर घाइते घर्तीलाई उपचारका लागि गम्घासस्थित गुल्मी अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा थिए ।
मोटरसाइकल अनियन्त्रित भई सडकदेखि करिब ३० मिटर तल खसेको थियो । घटनामा घाइते भएका सुर्यवंशीलार्ई थप उपचारका लागि पाल्पाको मिसन अस्पताल लगिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ बैशाख २०८१, ०९ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालक सहित २ युवकको मृत्यु
शंखरापुर बस दुर्घटना अपडेटः चार जनाको मृत्यु, २२ घाइते
भीमफेदी दुर्घटना अपडेट : मृतक ६ मध्ये चार जनाको सनाखत
मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु, दुईजना घाइते
चितवनमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
मोटरसाइकल दुर्घटना स्थलमा युवकको शव फेला