झापा । कन्काइमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ। दुर्घटनामा अर्का युवक गम्भीर घाइते भएका छन्।
गएराति ८ बजे कन्काई नगरपालिका ३ सुरुंगामा रा १ प ६३०० नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको बसले ठक्कर दिँदा झापाकै बिर्तामोड नगरपालिका-७ का ३८ वर्षीय तेजमणि खरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
बसको ठक्करबाट गम्भीर घाइते भएका खरेललाई उपचारका लागि बिर्तामोडस्थित बिएन्डसी मेडिकल कलेज लगिएको थियो। अस्पताल पुर्याउँनासाथ चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
दुर्घटनामा परेको मोटरसाइकलको पछाडि बस्ने मेचीनगर नगरपालिका-१० का २९ वर्षीय प्रसन्न दनुवार घाइते भएका छन्। उनको बिएन्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ बैशाख २०८१, ०९ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालक सहित २ युवकको मृत्यु
शंखरापुर बस दुर्घटना अपडेटः चार जनाको मृत्यु, २२ घाइते
भीमफेदी दुर्घटना अपडेट : मृतक ६ मध्ये चार जनाको सनाखत
मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु, दुईजना घाइते
चितवनमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
मोटरसाइकल दुर्घटना स्थलमा युवकको शव फेला