अभ्यासका क्रममा मलेसियन आर्मीका दुई हेलिकप्टर ठोक्किए, १० जनाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, ११ बैशाख २०८१, १२ : १४
अभ्यासका क्रममा मलेसियन आर्मीका दुई हेलिकप्टर ठोक्किए, १० जनाको मृत्यु

काठमाडौं। मलेसियामा अभ्यासका क्रममा दुइटा सैनिक हेलिकप्टर ठोक्किँदा १० जनाको मृत्यु भएको छ ।  दुर्घटना मलेसियाको लुमुटमा भएको हो, जहाँ नौसेना आधार छ ।

दुर्घटनामा परेका एउटा हेलिकप्टरमा ७ र अर्कामा ३ जना सवार थिए । हेलिकप्टर स्टेडियममा खस्नुअघि एक अर्कासँग ठोक्किएको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार हालसम्म दुर्घटनामा कोही बाँचेको जानकारी प्राप्त भएको छैन।

मलेशियन नौसेनाका यी हेलिकप्टरहरू रोयल मलेशियन नौसेना उत्सवको लागि प्रशिक्षण गरिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस