राजपा नेपालको कार्यालयमा पुगे चिनियाँ

पत्रपत्रिकाबाट

शुक्रबार, २५ पुस २०७६, ०७ : ३४
राजपा नेपालको कार्यालयमा पुगे चिनियाँ

सांकेतिक तस्बिर ।

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल को बबरमहलस्थित कार्यालयमा पुगेर चिनियाँ नेताले तराई–मधेसको विकासमा सहयोग गर्ने र लगानी बढाउन प्रतिबद्धता जनाएका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीका एसिया व्युरो महानिर्देशक सियु सङ तथा नेपाल–भारत विभागका निर्देशक च्याङ जिउ क्विङले बुधबार राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतो र नेता महन्थ ठाकुरसँग कुराकानी गरेका हुन् । कुराकानी करिब एक घण्टा भएको जनाएको छ ।

संयोजक महतोले चिनियाँ नेतासँगको भेटमा आफूहरुले मधेसको अवस्था र देशको समग्र स्थितिको बारेमा जानकारी गराएको बताए । ‘उहाँहरुले नेपालको विकासमा सक्दो सहयोग गर्छौं भन्नुभयो,’ उनले भने । स्रोतका अनुसार दुई देशका नेताहरुबीच भएको भेटमा चिनियाँ कम्युनिस्ट पार्टी र राजपाबीच आपसी सम्बन्ध विस्तार गर्ने विषयमा समेत कुराकानी भएको थियो ।

राजपाका नेताहरुले नेपालको सन्तुलित विकासमा सहयोग पु¥याउन चिनियाँ नेताहरुसँग आग्रह गरे । उक्त आग्रहलाई चिनियाँ नेताहरुले पनि सकारात्मकरुपमा लिएको राजपाका नेताहरुको भनाइ छ । नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस