नक्कली नोट कारोबारका गिरोह पक्राउ, ४ सय १३ थान नक्कली नोट बरामद

सफल खबर संवाददाता

विहीबार, २४ पुस २०७६, २२ : ३३
नक्कली नोट कारोबारका गिरोह पक्राउ,  ४ सय १३ थान नक्कली नोट बरामद

काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा नक्कली नोट देखाई ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा खोटा मुद्रा देखाई ठगी गरेको सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई खोटा मुद्रा र अन्य सामानसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सल्यान शारदा नगरपालिका ७ घर भई काठमाडौं माछापोखरी बस्ने २९ वर्षीय कमल बुढाथोकी, काभ्रे पाँचखाल नगरपालिका १३ बस्ने ३२ वर्र्षीय बलबहादुर राना मगर, डोटी घर भई काठमाडौँ कपुरधारा बस्ने २४ वर्र्षीय आर्यान खड्का र धनकुटा छत्र जोरपटी गाउँपालिका ३ घर भई काठमाडौं नयाँ बसपार्क बस्ने ३६ वर्षीय छत्रबहादुर लिम्बु रहेका छन् ।

पक्राउ परेकामध्ये बुढाथोकी जाली नोट बजारमा र्पुयाउने मुख्य व्यक्ति, राना मगर जाली नोट बनाउने मुख्य व्यक्ति, खड्का जाली नोट बनाउने मुख्य डिजाइनर र लिम्बु जाली नोट बजारमा र्पुयाउन सहयोग गर्ने भूमिकामा रहेको खुल्न आएको छ । उनीहरुको साथबाट  नेपाल राष्ट्र बैंक लेखिएका विभिन्न नम्बर उल्लेख भएका १ हजार दरका ४ सय १३ थान नोट  (४ लाख १३ हजार) नक्कली रुपैयाँ बरामद भएको छ ।

हजार दरको नोटको ए फोर साईजको पेपरमा ४ वटा अट्ने गरी पछाडीको भागको रंगिन फोटोकपी गरेको अवस्थामा रंगिन फोटोकपी उपकरण १ थान,  सिपीयू १ थान पनि प्रहरीले बरामद गरेको छ । पक्राउ परेकाहरुलाई खोटा मुद्रा –नक्कली) सम्बन्धि कसूर अन्तर्गत मुद्धा दर्ता गरेर अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस