वासिङ्टन । इरानले मंगलबार तीन स्थानबाट १६ वटा छोटो दूरीको व्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको अमेरिकी रक्षामन्त्री मार्क एस्पेरले बुधबार बताउनु भएको छ ।
एस्परले पत्रकारलाई १६ वटा मिसाइलहरु मध्ये ११ आएन अल असद हवाई शिवीरमा र अर्को इर्बिलनजिकैको शिवीरमा प्रक्षेपण गरिएको यस प्रक्षेपणबाट त्रिपाल, ट्याक्सीवे, पार्किंङ्ग स्थल र एक हेलिकप्टर क्षतिग्रस्त भएको बताउनु भएको छ ।
इराकस्थित अमेरिकी सैन्य आधार शिविरहरुमा इरानले गरेको क्षेप्यास्त्र आक्रमणपछि पनि अमेरिकी सेनातर्फ कुनै क्षति हुन नपाएको जानकारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएरातिको सम्बोधनमार्फत दिनुभएको केही समयपछि इरानले यो क्षेप्यास्त्र हानेको छ ।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले मंगलबार इरानले इराकमा संयुक्त गठबन्धन सेनाको कम्तीमा दुईवटा सैन्य शिवीरमा एक दर्जन भन्दा बढी ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको पुष्टि गरेको छ । (रासस/सिन्हवा)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २४ पुस २०७६, १७ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायलसँगको युद्धपछि पहिलोपटक सार्वजनिक रूपमा देखिए इरानका सर्वोच्च नेता
इरानद्वारा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँगको सहकार्य निलम्वन
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
इरानका सर्वोच्च नेताले भने- अमेरिकी आक्रमणले आणविक केन्द्र बिग्रिएको छैन
इरानबाट ६ नेपाली दिल्ली हुँदै नेपाल फर्किए
इजरायली आक्रमणमा परि इरानमा हालसम्म ६०६ जनाको मृत्यु