चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड पूर्ण रुपमा सञ्चालनमा आएको छ । उक्त सडकमा बाँकी रहेका आठ ठाँउमा पहिरो रोकथामको काम गर्नका लागि गत मंसिर २७ गतेदेखि प्रत्येक दिन बिहान ११ः०० बजेदेखि दिउँसो ०३ः०० बजेसम्म सडकमा सवारी साधनलाई रोकेर काम गर्ने सिलसिला आजसम्म जारी थियो ।
सडक आयोजनाका सुचना अधिकारी एवं इन्जिनीयर शिब खनालका अनुसार आजको मौसम अनुकुल नभएकोले काम भएन । बाँकीरहेको आज गरिने भनिएको केही सामान्य काम आगामि दिनमा थोरैथोरै समयको अन्तरालमा सवारी साधनलाई रोक्दै ट्राफिक ब्यवस्थापन मिलाउँदै कार्य गरिने छ ।
योसँगै उक्त सडकमा आजदेखि जुन सुकै समयामा पनि सवारी साधनहरु गुडन पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ पुस २०७६, १४ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अवरुद्ध मुग्लिन-नारायणगढ सडक सञ्चालनमा
नारायणगढ–मुग्लिन सडक सञ्चालनमा
वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ–मुग्लिन सडकखण्ड