उपत्यकामा नदीजन्य वस्तु उत्खननमा रोक

पत्रपत्रिकाबाट

विहीबार, २४ पुस २०७६, ०८ : १०
उपत्यकामा नदीजन्य वस्तु उत्खननमा रोक

काठमाडौं । उपत्यकामा अवैधानिक रूपमा नदीजन्य वस्तुको उत्खनन गर्ने कार्यमा रोक लगाइएको छ । काठमाडौ भक्तपुर र ललितपुरमा वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) र प्रारम्भिक वातावरण परीक्षण (आईई) नगरी अनधिकृत रूपमा नदीजन्य वस्तुको उत्खनन गर्ने कार्यमा रोक लगाइएको हो ।

बुधबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) जनकराज दाहालको संयोजकत्वमा तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुख सम्मिलित अन्तरजिल्ला समन्वय बैठकले अनधिकृत रूपमा ईआईए र आईई नगरी नदीजन्य वस्तुको उत्खनन गर्ने कार्यलाई नियन्त्रण गर्ने निर्णय गरेको हो ।

बैठकले उपत्यकामा हुने कालोबजारी रोक्न आक्रामक कारबाही थाल्ने निर्णय समेत गरेको छ । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस