धनुषा । प्रदेश–२ ले ५ वर्षमा व्यक्तिको आय हजार डलर पुर्याउने आधारपत्र सार्वजनिक गरेको छ । प्रदेशको नीति तथा योजना आयोगले बुधबार सार्वजनिक गरेको पञ्चवर्षिय आवधिक योजनामा ५ बर्षमा व्यक्तिको आय हजार डलर पुर्याइने उल्लेख छ ।
प्रदेश सरकारको पहिलो पञ्चवर्षिय आवधिक योजनाको आधारपत्र २०७६ मुख्यमन्त्री लालबाबु राउतले सार्वजनिक गरेका हुन।आयोगले कृषि उत्पादन अन्तर प्रदेश माग आपुर्ति, रोजगारी सृजना, औद्योगिकरण, स्थानीय उत्पादनलाई प्रोत्साहन र गुणात्मक स्वास्थ्य तथा शिक्षामा लगानीलाई प्राथमिकतामा राख्दै पहिलो आवधिक योजना ल्याएको हो।
आधारपत्र सार्वजनिक गर्दै राउतले सरकारले अवको नीति तथा कार्यक्रम आवधिक योजनाको अधारमा तयार गर्ने बताए। ‘आधारपत्रलाई टेकेर योजनाहरु ल्याउने छौ,’ राउतले भने, ‘आवधिक योजना ल्याउन ढिलो भएको छ ।
आउने दिनमा पञ्चवर्षीया योजनामा टेकेर विकास निर्माणको सुरुवात हुन्छ।’ पञ्चवर्षिय आवधिक योजना सार्वजनिक गर्दै नीति आयोगका उपाध्यक्ष डा.भोगेन्द्र झाले पञ्चवर्षिय आवधिक योजनाले पाँच वर्षपछि प्रादेशिक आर्थिक वृद्धि दर ११ प्रतिशत पुर्याउने लक्ष्य लिएको बताए।
‘अहिले ६.५३ प्रतिशत रहेको आर्थिक वृद्धि दर पाँच वर्षमा ११ प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ,’ उपाध्यक्ष झाले भने, ‘२७.७ प्रतिशत रहेको गरिबी दर घटाएर २१ प्रतिशतमा झार्ने हाम्रो लक्ष्य छ। कुल ग्राहस्थ उत्पादन ४ सय ८८ अर्वबाट ६ सय अर्व पुर्याउने लक्ष्य राखेका छौ।’ कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २४ पुस २०७६, ०६ : ५५
लेखकबाट थप