काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जन्मदर्ता प्रमाणपत्र बनाइदिने भन्दै घुस मागेको अभियोगमा विशेष अदालतमा आज मुद्दा दर्ता गरेको छ । सप्तरीको महादेवा गाउँपालिका ६ का वडासचिव नायव सुब्बा नवोनाथ मिश्रले जन्मदर्ताको प्रमाणपत्र बनाउन पुगेका सेवाग्राहीसँग रु दुई लाख घुस लिएको अभियोगमा आयोगले केही दिन पहिले पक्राउ गरेको थियो ।
वडासचिव मिश्रले आफ्नो जिम्मेवारी र पदीय दायित्व विपरीत सेवाग्राहीको जन्म दर्ता गराई दिनको लागि घुस लिएको पुष्टि भएकाले बिगोबमोजिम कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २३ पुस २०७६, २० : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
लेखा अधिकृतसहित तिन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अधिकृत विरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावलोकन
यातायात व्यवस्था कार्यालयका कर्मचारी कमल गौतमविरुद्ध अकुत सम्पत्तिको मुद्दा
मालपोत कार्यालयका दुई खरिदारसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर