(एजेन्सी) । इरानको राजधानी तेहरानबाट किएभका लागि उडेको युक्रेनको बोइङ ७३७ विमान दुर्घटना भएको छ । विमानमा सवार सबैको मृत्यु भएको छ ।
फ्लाइट रडारमा युक्रेनको अन्तर्राष्ट्रिय उडानको फ्लाइट पीएस ७५२ इमाम खोमेनी विमानस्थालबाट स्थानीय समयअनुसार ६ बजे बिहान उडान भरेको केही समयमा नै बेपत्ता भएको देखिएको छ । विमानमा १८० यात्रु र चालक दलका सदस्य रहेको बताइएको छ । प्राविधिक समस्याका कारण विमान दुर्घटनाग्रस्त बनेको इरानको मिडियाले जानकारी दिएको छ ।
दुर्घटना इरान-अमेरिका तनावसँग जाेडिएकाे छ वा छैन भन्नेबारे केही खुलाईएको छैन् । बुधबार बिहान इरानले इराकमा रहेका दुई वटा अमेरिकी सैन्य अखडामा रकेट प्रहार गरेको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
इराकमा अमेरिकी सैन्य विमान दुर्घटना
सौर्य एयरलाइन्स विमान दुर्घटनाको न्यायिक छानबिन गर्न सुदन किराँतीको माग
रुसी विमान दुर्घटनामा ५० जनाको मृत्यु
भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना