काठमाडौं । मंगलबार देशको पश्चिमी भुभागमा सामान्य बदली र बाँकी भुभागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात तथा पश्चिमका थोरै स्थानहरुमा साथै मध्य र पुर्वी भूभागका एक दुइ स्थानमा हल्का वर्षाको संभावना छ ।
मंगलबार राति देशको पश्चिमी भूभाग, मध्य र पूर्वका पहाडी भुभागमा सामान्य बदली र बांकी भुभागमा आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात तथा पश्चिमका थोरै स्थानहरुमा साथै मध्य र पुर्वी भूभागका एक दुइ स्थानमा हल्का वर्षाको संभावना छ ।
यस्तै बुधबार देशभर सामान्य बदली रही पश्चिमका केही स्थानहरुमा र मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना छ। बिहीबार पनि देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ पुस २०७६, ०८ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : धेरै स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा चट्याङसहित भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना