पशुपतिनगर । इलामको सूर्योदय नगरपालिका–१२ आठघरेका ४६ वर्षीय हर्कबहादुर रसाइलीको आफ्नो दाजुको कुटपिटबाट मृत्यु भएको छ ।
दाजुसँग झगडा गरी घरमा सुत्न गएका हर्कबहादुर बिहान मृत अवस्थामा फेला परेकाो छन् । आइतबार मादकपदार्थ सेवन गरी ४८ वर्षीय रामबहादुर र हर्कबहादुरबीच झगडा भएको थियो । दाजुले काठको चिरा प्रहारपछि घाइते भएका हर्कबहादुरलाई गाउँमै सामान्य उपचारपछि छोराले घरमा लगेर सुताएका थिए ।
तर बिहान उनी ओछ्यानमै मृत फेला परेको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक रमेश राईले जानकारी दिए । सामान्य घाइते भएपछि आज थप उपचारका लागि फिक्कलतर्फ ल्याउने तयारी गरी सुतेका उनले बिहान करिब ४ बजे खानेपानी मागेका थिए ।
तर परिवारका सदस्य कोही पनि नउठे पनि उनी पुनः सुतेका थिए । बिहान ६ बजे उठाउन जाँदा ओछ्यानमा नै मृत फेला परेको प्रहरीले जनाएको छ । कुटपिट गर्ने रामबहादुर फरार छन् । शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र फिक्कलमा राखिएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु