नक्कली भारतीय नोटसहित एक जना पक्राउ

सफल खबर संवाददाता

आइतबार, २० पुस २०७६, १४ : १३
नक्कली भारतीय नोटसहित एक जना पक्राउ

पर्सा । बीरगंज महानगरपालिका–८ बसपार्कस्थित होटल साह प्याराडाईजबाट नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । सोही महानगरपालिका–१६ नगवा बस्ने २९ वर्षीय रियाज देवानलाई नक्कली भारतीय नोटसहित शनिबार राति प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनको साथबाट २ हजार दरका ३ थान नोट गरी ६ हजार नक्कली भारतीय रुपैयाँ सहित नियन्त्रणमा लिएको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस