राष्ट्रिय सभा चुनावमा कसका प्रतिस्पर्धी को ? (हेर्नुहोस सूचिसहित)

सफल खबर संवाददाता

आइतबार, २० पुस २०७६, ०९ : ००
राष्ट्रिय सभा चुनावमा कसका प्रतिस्पर्धी को ? (हेर्नुहोस सूचिसहित)

काठमाडौं । माघ ९ मा राष्ट्रिय सभाको १८ सदस्य पदका लागि चुनाव हुदैछ । नेकपाका सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ देखि स्थायी समिति सदस्य वेदुराम भुषालसम्म चुनावी प्रतिस्पर्धामा छन् । मुख्यतः चुनावमा काँग्रेस र नेकपाकै बीचमा प्रतिस्पर्धा हुने देखिन्छ ।

नगर र गाँउपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेश सभाका सांसदहरु निर्वाचनका मतदाता हुने भएकाले पनि नेकपाले आफुले उम्मेदवारी दिन लागेका १६ पदमै चुनाव जित्ने र २ सिटमा राजपाले चुनाव जित्ने विश्वास लिईएको छ ।
 
कँहा कोसँग को भिडदैछन् ? (हेर्नुहोस सूचि) 

प्रदेश १  – ३ सिट

महिला सिटका लागि
इन्दु गौतम (नेकपा)
मीना पुलामी मगर (काँग्रेस)

दलित सिटका लागि
गोपी अछाम (नेकपा)
नीरवहादुर विश्वकर्मा (काँग्रेस)

अन्य समुह सिटका लागि
देवेन्द्र दाहाल (नेकपा)
राजेन्द्र घिमिरे (काँग्रेस)

प्रदेश २ – ४ सिट

महिला सिटका लागि
तुलसा दाहाल (नेकपा)
नागिना यादव (काँग्रेस)
 
दलित सिटका लागि
राधेश्याम पासवान (नेकपा)
रामप्रीत पासवान (समाजवादी)
 
अल्पसंख्यक र अपांगता सिटका लागि
भोला पञ्जियार (काँग्रेस)
शेखर सिंह (राजपा)
 
अन्य समुह सिटका लागि
मृगेन्द्र सिंह यादव (राजपा)
अनिरुद्र सिंह यादव (समाजवादी)
(यी दुवै उम्मेदवार आफ्नै सहोदर दाजुभाई हुन् ।)
 
प्रदेश ३ – २ सिट

महिला सिटका लागि
गंगा वेल्वासे (नेकपा)
छलिकुमारी शर्मा (काँग्रेस)
 
अन्य समुह सिटका लागि
वेदुराम भुषाल (नेकपा)
हरिशरण श्रेष्ठ (काँग्रेस)
 
गण्डकी प्रदेश – २ सिट

अन्य समुह सिटका लागि
नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ (नेकपा)
सूर्यप्रसाद रेग्मी (काँग्रेस)
 
महिला सिटका लागि
भगवती न्यौपाने (नेकपा)
विमला गौचन (काँग्रेस)
 
प्रदेश ५ – ३ सिट

महिला सिटका लागि
विमला घिमिरे (नेकपा)
गिरिजा न्यौपाने (काँग्रेस)

अपांगता÷अल्पसंख्यक सिटका लागि
जगप्रसाद शर्मा  (नेकपा)
मेराज हलवाई (काँग्रेस)

अन्य समुह सिटका लागि
गोपाल भटटराई (नेकपा)
बालकृष्ण पाण्डे (काँग्रेस)

कर्णाली प्रदेश – २ सिट

अन्य समुह सिटका लागि
मायाप्रसाद शर्मा (नेकपा)
डिल्लीराम पाठक (काँग्रेस)

महिला सिटका लागि
सुमित्रा विसि (नेकपा)
सावित्रि पौडेल (काँग्रेस)

सुदुरपश्चिम प्रदेश  – २ सिट

अन्य समुह सिटका लागि
तारामान स्वार (नेकपा)
प्रताप ठगुन्ना (काँग्रेस)
 
महिला सिटका लागि
शारदा भट्ट (नेकपा)
तुलसी देवकोटा (काँग्रेस)
 

प्रतिक्रिया दिनुहोस