सबै चिनियाँ जहाज ग्राउन्डेड

पत्रपत्रिकाबाट

आइतबार, २० पुस २०७६, ०७ : ४९
सबै चिनियाँ जहाज ग्राउन्डेड

काठमाडौं । नेपाल वायुसेवा निगमको व्यवस्थापकीय कमजोरीका कारण चीनबाट ल्याएका वाई–१२ सिरिजका चारवटै जहाज ग्राउन्डेड भएको छ । व्यवस्थापन पक्षले जनशक्ति अभावमा विमान ग्राउन्डेड भएको बताउँदै आए पनि यो सत्य भने होइन ।

पाइलट अभाव भएको भनिएका निगमका जहाजमा क्रमशः विभिन्न समस्या देखिँदै आएपछि ग्राउन्डेड गरिएका हुन् । ‘सुरुमा चिनियाँ जहाज चलाउन पाइलट अभाव भएको सत्य हो । पछिल्लो समय विमानमा धेरै समस्या देखिएका कारण उडान बन्द गर्नुपरेको हो,’ निगमका एक उच्च अधिकारीले भने, ‘सुरुमै चिनियाँ विमान ल्याउन नहुने भनिएको थियो तर व्यवस्थापनमा बस्ने व्यक्तिहरु र सरकारको दबाबमा ल्याउनुपरेको हो ।

ती अधिकारीका अनुसार छिमेकी मुलुक चीनले पनि केही विमान अनुदानमा दिएको देखाएर नेपाललाई थप जाहज किन्न दबाब दिएको थियो । चारवटा चिनियाँ विमानमध्ये पछिल्लो समय एउटा मात्रै वाई–१२ ले उडान भरिरहेको थियो । त्यो पनि गत पुस ६ बाट बन्द भएको छ । नागरिक दैनिकमा खबर छ ।