अस्टेलियन टी–२० मा नेपाली युवा क्रिकेट संदिपको कमाल

पत्रपत्रिकाबाट

आइतबार, २० पुस २०७६, ०७ : ३५
अस्टेलियन टी–२० मा नेपाली युवा क्रिकेट संदिपको कमाल

file photo

मेल्बर्न । अस्टेलियन टी–२० क्रिकेट बीग बास लिग (बीबीएल) मा नेपाली लेग स्पीनर सन्दीप लामिछानेले आफ्नो पाँचौँ खेलमा तीन विकेट लिएका छन् ।

मेल्बर्न स्टार्समा आवद्ध सन्दीपले शनिबार जारी मेल्बर्न रेनेगर्डसँगको खेलमा चार ओभर बलिङ गर्दै तीन विकेट लिएका हुन् । उनले ४३ रन बनाएर खेलिरहेका सहुन मार्सलाई क्याच आउट गराए भने ड्यानिएल क्रिस्टियनलाई शून्य रनमै पेभिलियन फर्काए । १५औँ आभेरमा तेस्रो ओभर बलिङ गर्न आएका उनले मार्सलाई ओभरको तेस्रो बलमा बाउन्ड्री लाइनमा क्याच आउट गराएका हुन्। 

त्यस्तै चौँथो बलमा १ रन मात्र खर्चिएका उने पाँचौँ बलमा क्रिस्टियनलाई एलबीडब्लू धरापमा पारे। उनले अन्तिम विकट भने उनको व्यक्तिगत अन्तिम ओभरको अन्तिम बलमा टीम कुपरलाई आउट गरेका हुन् । उनले अन्तिम ओभरमा तीन रनमात्र खर्चिएर एक विकेट लिएका हुन् । 

सन्दीपले चार ओभर बलिङ गर्दा २६ रन खर्चिएर तीन विकेट लिएका हुन् । टस हारेर पहिलो ब्याटिङ गरिरहेको रेनेगगर्डसले अहिले १८ ओभरमा सात विकेट गुमाउँदै १२९ रन जोडेको छ। अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस