काठमाडौं । बर्दिया क्षेत्र नम्बर १ बाट पराजित भएका नेकपा सचिवालय सदस्य वामदेव गौतमले भने राष्ट्रियसभा उम्मेदवार बन्न अनिच्छा देखाएको एक नेताले बताए । ती नेताका अनुसार अध्यक्षद्वय प्रचण्ड र केपी शर्मा ओलीले उनलाई राष्ट्रियसभामा आउन प्रस्ताव गरेको भएपनि उनले राष्ट्रिय सभामा जाँदैमा प्रधानमन्त्री बन्ने बाटो खुला नहुने भन्दै चाहना नदेखाएका हुन् ।
गौतमले प्रधानमन्त्री बन्नेबाटो खुला हुने अवस्थामा मात्रै सांसद हुने निकटस्थसँग बताउँदै आएका छन् । तर, राष्ट्रियसभाका सांसद प्रधानमन्त्री बन्न नपाउने संवैधानिक प्रावधान छैन ।
उनले यसअघि पटक–पटक उपनिर्वाचनबाट सांसद बन्ने चाहना राखेपनि माहोल प्रतिकूल हुँदा पछि हटेका थिए । उनी डोल्पा र काठमाडौँ क्षेत्रनम्बर ७ बाट उपनिर्वाचन लड्ने तयारीमा रहेको भएपनि माहोल प्रतिकूल बनेको थियो । यसो त कास्की क्षेत्र नम्बर २ बाट समेत उनले चुनाव लड्ने चाहना राखेपनि त्यो पूरा हुन सकेको थिएन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ पुस २०७६, १२ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपा एसमा पनि २० लाख पार्टी सदस्य बनाउन सकिन्छ: वामदेव गौतम
एकीकृत समाजवादीमा आउन चार वर्ष लाग्यो: वामदेव गौतम
वामदेव गौतम नेतृत्वको पार्टी र एकीकृत समाजवादीबीच एकता घोषणा
एकीकृत समाजवादीमा समाहित भएपछि वामदेव गौतमको पद के हुन्छ ?
किन माधव नेपालको पार्टीमा प्रवेश गर्ने भए वामदेव गौतम ?
पूर्ण समानुपातिक निर्वाचन प्रणालीको अभ्यासमा तत्काल जुट्नुपर्छ : वामदेव गौतम