काठमाडौँ । बैंकका शाखा प्रबन्धक आफु कार्यरत बैंकलाई हानी हुने गरी अनुचित लाभमा सक्रिय हुने गरेको तथ्य बाहिर आएको छ ।
यसअघि पनि बैंकिङ चोरी तथा अन्य विभिन्न अपराधमा कर्मचारीहरु संलग्न भएको घटना सार्वजनिक नभएको होइन । तर यसपटक भने बैंकका शाखा प्रबन्धक नै बैंक ठगीमा मुछिएको तथ्य खुलासा भएको छ । उक्त घटनाले जति नै ढिला भएपनि अपराध लुक्दैन भन्ने तथ्य समेत प्रमाणित गरेको छ ।
तत्कालिन नेपाल बैंक लिमिटेड डिल्लीबजार शाखामा प्रबन्धक सोलुखुम्बु घर भइ हाल भक्तपुर बस्दै आएका भुपराज कोईराला त्यस्तै मुद्दामा अहिले प्रहरीको हिरासतमा छन् । उनीमाथि आफु शाखा प्रबन्धक रहँदा बैंकलाई नभएको दायित्व सृजना गराई अनुचित लाभ लिई बैकिङ कसुर गरेको आरोप छ ।
उनी विरुद्ध बैंकिङ कसुरमा उच्च अदालत पाटनबाट म्याद थप गरी अनुसन्धान थालिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले सफलखबरलाई जानकारी दिए । उनीमाथि बैंकिङ कसुर सजाय ऐन, २०६४ बमोजिम कारवाही थालिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ पुस २०७६, १० : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यी ९ बैंकले घटाए ब्याजदर, कुनको कति ?
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ २०८३ सालमा बैंक खुल्ने समय र विदाको सूची
बैंकिङ कसुरमा प्रभु बैंकका फाइनान्स विभाग प्रमुख पक्राउ
चितवनमा बैंक खाता खोल्न ३९ ले सिफारिस लिए, २१ जनाले खोले
माघ महिनाका लागि पनि घट्यो बैंकहरूको ब्याजदर, कुनमा कति ?