सप्तरी । प्रदेश सरकारले बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रम अन्तरगत संचालनमा ल्याएको छोरी शिक्षा बिमालाई अझ प्रभावकारी ढंगले अगाडी बढाउने उद्देश्यले जिल्लाका सबै १८ वटै स्थानिय तहलाई ५०/५० हजार रुँपैया उपलब्ध गराएको छ । बिहीबार सप्तरी सदरमुकाम राजविराजमा आयोजित छोरी शिक्षा बिमा शिविर सप्ताह कार्यक्रममा प्रदेश २ सरकारका तर्फबाट १८ वटै स्थानिय तहलाई छोरीको शिक्षा बिमा शिविर संचालन गर्न ५०/५० गरि ९ लाख रुँपैयाको चेक बुझाइएको हो ।
सप्तरीमा गत आ.ब. २०७५/०७६ मा १ हजार ९३ छोरीहरुको शिक्षा बिमा गरिएको थियो । माघ २ गतेदेखी पुनः थालिने भएको छोरीहरुको शिक्षा बिमा अन्तरगत गत माघ १ गतेदेखी बिमा गराउन छुटेकाहरुलाई समेत समेटी एक लाख रुँपैयाको शिक्षा बिमा गराइदिने प्रदेश सरकारको योजना छ ।
छोरीहरुको शिक्षाका लागि बिमा गर्ने प्रदेश सरकारले घोषणा गरेपनि कर्मचारी अभाव तथा प्राविधिक लगायतका कारणले सोचे अनुरुपको बिमा हुन नसकेपछि यसलाई ब्यापक बनाउन प्रत्येक स्थानिय तहमा शिविर संचालन गर्न सो रकम उपलब्ध गराइएको प्रदेश २ मुख्यमन्त्री कार्यालयका सचिव शंकर सुवेदीले बताए । यस्तो शिविरले विभिन्न कारण बिमा गराउन नसेकेका छोरीहरुलाई समेट्न सहज हुने विश्वास गरिएको छ ।
छोरी शिक्षा बिमा कार्यक्रमलाई सहज बनाउन स्थानिय तहलाई नै जिम्मेवारी समेत दिइएको कार्यक्रममा मुख्यमन्त्रीका प्रेस सल्लाहकार आतेश मिश्राले जानकारी दिए ।जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा सदस्य दिलकुमार चौधरी, प्रमुख जिल्ला अधिकारी सुनिल खनाल, पत्रकार महासंघका केन्द्रिय सदस्य अवधेश झा लगायतले पनि बोल्दै छोरी शिक्षा बिमा कार्यक्रम सफल बनाउन सबैले सहयोग गर्नु पर्नेमा जोड दिएका थिए । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १८ पुस २०७६, ०७ : ४०
लेखकबाट थप