कर्णाली नदीमा जीप खस्यो, चार जनाको मृत्यु

विहीबार, १७ पुस २०७६, १५ : १०
कर्णाली नदीमा जीप खस्यो, चार जनाको मृत्यु

बाजुरा । कर्णाली नदीमा जीप खस्दा चार जनाको मृत्यु भएको छ । सुदूर पश्चिमको बाजुरा जिल्लाको हिमाली गाउँपालिकाको कर्णाली नदीमा जीप खसेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय बाजुराले से १ ज १०६४ नम्बरको जिप बिहीबार दिउँसो कर्णाली नदीमा खसेको हो। प्रहरीका अनुसार दुर्घटनामा चार जना घाइते भएका छन् भने एक जना बेपत्ता छन् । 

मृतकमध्ये चालक रमेश शाहीको मात्र सनाखत भएको बाजुरा प्रहरीको भनाइ छ । दुर्घटनास्थलमा प्रहरी पुगेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।