काठमाडौं । विश्वका विभिन्न मुलुकबाट नेपाल घुम्न आउने पर्यटकले यहाँको खास के कुरा मन पराउँछन् । टुरिष्ट गाइड प्रतीक ढकालको जवाफ फ्याट्टै आइहाल्छ– ‘उनीहरुलाई मन नपर्ने यहाँ के छ र ?
यहाँको हावापानी, हरियाली, सगरमाथा, विश्व सम्पदा सूचीमा रहेका सम्पदा, यहाँको संस्कृति, नेपाली खाना यस्ता धेरै कुरा छन् ।’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनेबित्तिकै प्रायः पर्यटकको जिज्ञासा आउने गरेको स्मरण गर्दै ढकाल सुनाउँछन्– ‘सगरमाथाको नाम सुनेर, अन्य सम्पदाको नाम सुनेर आएका हुन्छन् । अनि एयरपोर्टमा भेट भएपछि उनीहरुको जिज्ञासा सुरु भइहाल्छ, विश्वको अग्लो हिमाल सगरमाथा कतातिर छ ?
यहाँबाट सगरमाथा देखिन्छ ? लुम्बिनी कहाँ छ ?’ ‘हाम्रो प्राकृतिक सुन्दरता, हिमाल भयो, ट्रेकिङ जाने भन्छन्, हिमाल हेर्न माउण्टेन फ्लाइट, विश्व सम्पदा सूचीमा रहेका सम्पदा, यहाँको संस्कृति पनि उनीहरुका लागि नौलो र फरक हुने भयो, चितवन, पोखरालगायतका ठाउँमा देखिने धेरै कुरा उनीहरुका लागि रुचि र नौला नै लाग्छन् ।’
ढकाल अगाडि थप्छन्– ‘प्याराग्लाइडिङदेखि पर्यटकलाई तान्ने कुरा धेरै नै छन् बुद्घ धर्म मान्ने छन् भने त लुम्बिनी पनि विशेष लाग्ने भयो । भारतीयहरु यहाँका मन्दिरमै धेरै समय दिन्छन् । युरोपेलीहरु बढी ट्रेकिङमा रमाउँछन् ।’
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १६ पुस २०७६, ०८ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतीय पर्यटकले पोखराका होटल भरिभराउ
कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो
एघार महिनामा सात लाख पर्यटक मुस्ताङ पुगे
पर्यटकले ढोरपाटनका होटल भरिभराउ
दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए
सौराहामा पर्यटकको आगमन उत्साहजनक : व्यवसायी