भरतपुर २२ मा सुरक्षित मातृत्व कार्यक्रम सुरु, गर्भवतीको घरमा हरियो झण्डा, स्वास्थ्य सेवा निःशुल्क

उर्गेन तामाङ

आइतबार, १३ पुस २०७६, १३ : ०७
भरतपुर २२ मा सुरक्षित मातृत्व कार्यक्रम सुरु, गर्भवतीको घरमा हरियो झण्डा, स्वास्थ्य सेवा निःशुल्क

– उर्गेन तामाङ
चितवन । भरतपुर महानगरपालिका वडा नम्बर २२ मा सुरक्षीत मातृत्व कार्यक्रम सञ्चालन भएको छ । वडालाई जिल्लाकै सुरक्षित मातृत्व वडा बनाउने अभियान अन्तर्गत कार्यक्रम सुरु भएको हो ।

वडामा रहेका सबै गर्भवती महिलालाई आवश्यक पोषण र स्वास्थ्य सेवा निःशुल्क दिने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको वडा अध्यक्ष विष्णुराज महत्तोले बताए । 

महत्तोका अनुसार गर्भवती महिलाको पहिचान गरी उनीहरुको घरमा हरियो झण्डा गाडिन्छ । झण्डा गाडिएको घरमा महिला स्वयंमसेविका मार्फत नियमित हेरचाह तथा आवश्यक परामर्स दिईनुका साथै आवश्यक स्वास्थ्य सेवा पनि निःशुल्क दिने गरिएको छ । उनले भने ‘हामी भरतपुर २२ लाई जिल्लाकै सुरक्षित मातृत्व वडा बनाउने अभियानमा छौँ, हरीयो झण्डा गाडिएको घरमा गर्भवतीलाई आवश्यक पोषण साथै परामर्स पनि दिँदै आएका छौँ ।’ 

वडा अध्यक्ष महत्तोका अनुसार गर्भवती महिलालाई वडामा रहेको पटीहानी स्वास्थ्य चौकीबाट ल्याव सेवा पनि निःशुल्क दिने व्यवस्था गरिएको छ ।

ल्यावका लागि वडाले चालु आर्थिक वर्षमा १ लाख बजेट छुट्याएको छ । यस्तै रेडक्रस सोसाईटी पटिहानी उपसाखा मार्फत सुरक्षित प्रसुतिका लागि आवश्यक परे एम्बुलेन्स सेवा पनि निःशुल्क उपलव्ध गराउने गरीएको छ । जसका लागि रेडक्रसलाई १ लाख बजेट दिएको छ ।

२० दिनमै ८० घरमा गाडियो हरियो झण्डा
वडामा सुरक्षित मातृत्व कार्यक्रम निक्कै प्रभावकारी देखिएको छ । कार्यक्रम सुरु भएको २० दिनमै ८० वटा घरमा हरियो झण्डा गाडिएको पटिहानी स्वास्थ्य चौकिका प्रमुख नमराज अधिकारीले बताए । गर्भवती महिलाको घरसम्म पुग्नका लागि ५ जना महिला स्वयंमसेविकालाई वडाले साईकल समेत किनि दिएको छ । 

गर्भवति भएदेखि महिलालाई झुल वितरण, कम्तिमा ४ पटक जाँच, आईरन ट्याव्लेट, जुकाको औषधि, टिडि खोप साथै प्रयोगशालाका विभिन्न सेवाहरु निःशुल्क उपलव्ध गराउने गरेको अधिकारीले बताए । उनले भने ‘सुरुमा महिला स्वयंम सेविकाले गर्भवति महिलाको घरको पहिचान, निरिक्षण गरी स्वास्थ्य चौकिमा सिफारीस गर्छन, त्यसपछि घरमा हरियो झण्डा गाडेर सेवा दिन्छौँ ।’ स्वास्थ्य चौकि प्रमुख अधिकारीका अनुसार यस वडामा प्रति वर्ष अनुमानित १३५ जिवित शिशुको जन्म तथा अनुमानित गर्भवति १५९ हुने गरेका छन् । 
 

प्रतिक्रिया दिनुहोस