हेटौँडा । मकवानपुरमा आज भएको सुमो दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।
रौतहटबाट काठमाडौँका लागि जाँदै गरेको सुमो मकवानपुरमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेहरु रौतहटको चन्द्रपुर नगरपालिकाका २१ वर्षीय मनिष विश्वकर्मा, २० वर्षीया सृजना विश्वकर्मा, ६५ वर्षीय केदारप्रसाद तिमल्सिना रहेका छन् । अन्य दुई मृतकको पहिचान भने अझै खुल्न सकेको छैन ।
दुर्घटनामा परी घाइते हुनेहरुमा सुमो चालक हेटौँडा–१७ का अनिल विश्वकर्मा, रौतहटको माधवनारायण नगरपालिकाका जैसा साह र गरुडा नगरपालिकाका नन्दकिशोर साह तथा सर्लाहीको वाग्मती नगरपालिकाका रञ्जित रिजाल रहेका छन् ।
घाइतेहरुमध्ये दुई जनाको काठमाडौँको बल्खुस्थित वयोधा अस्पताल र अन्य दुईको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको स्वास्थ्य अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
ना१ज ३४३३ नम्बरको सुमो आज मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ मा दुर्घटना भएको थियो । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ११ पुस २०७६, १८ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दाउन्नेमा तीनवटा सवारी साधन एक आपसमा ठोकिँदा तीन जनाको मृत्यु, १५ घाइते
दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
रसुवामा कन्टेनर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते
ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
रुपन्देहीमा मोटरसाइकल दुर्घटना, एक युवाको मृत्यु
पर्वतमा बोलेरो जिप दुर्घटनामा चालकको मृत्यु