हेटौँडा । मकवापुरको इन्द्रसरोवर गाउँपालिका वडा नं ३ ओखरेडाँडा नजिक सुमो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु र पाँच घाइते भएका छन् ।
चन्द्रनिगापुरबाट काठमाडौँतर्फ जाँदै गरेको ना१ज ३४३३ नंको सुमो अन्दाजी ३०० मिटर तल खसी आज दुर्घटना भएको थियो । मृतकको सनाखत हुन नसकेको भीमफेदी प्रहरीले जनाएको छ ।
घाइतेलाई उपचारका लागि काठमाडौँतर्फ पठाइएको छ । सुमोमा नौ जना सवार रहेका, ती मध्ये एक सकुशल रहेका र दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ११ पुस २०७६, १५ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
रोल्पामा जिप दुर्घटना, ३ जनाको मृत्यु
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
सवारी दुर्घटनामा चालकको मृत्यु