काठमाडौं । युरोपेली वायुका कारण देशैभरिको तामक्रम खस्किएको छ। तराईमा दोहोरिएको बाक्लो हुस्सु र शीतलहरले फेरि जनजीवन प्रत्यक्ष प्रभावित बन्न थालेको छ। मौसमका कारण बिहीबार भैरहवा, जनकपुर, सिमरा, विराटनगरतर्फका उडान प्रत्यक्ष प्रभावित बनेको त्रिभुवन विमानस्थलस्थित ब्रिफिङ शाखाले जनाएको छ।
‘आज एकैदिन करिब ४० वटा उडान रद्ध भएको छ, मौसमका कारणले साँझसम्म उडान प्रभावित बन्यो।’ –सो शाखाका एक अधिकारीले बिहीबार साँझ भने। अन्तर्राष्ट्रिय उडानतर्फ भने समस्या नरहेको ती अधिकारीले बताए। पर्याप्त भिजिबिलिटी नहुँदा बिहीबार भैरहवा र जनकपुरमा कुनै उडान भएन। सिमरामा एउटा मात्रै उडान भएको र विराटनगरका दुई/तीनवटा उडान रद्ध हुँदा साँझ अबेरसम्मको उडान तालिका प्रभावित भएको थियो।
हिउँदयाममा टर्की, सिरिया, अफगानिस्तान, पाकिस्तान, भारतको जम्मुकास्मिर हुँदै मुलुकको पश्चिमी भेगबाट भित्रिने वायुले बाक्लो हुस्सु र शीतलहरको प्रभाव दोहोर्याएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। तराईको मौसममा तत्काल सुधार आउने सम्भावना नरहेको विभाग मातहतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। चितवनदेखि पश्चिमतर्फका तराईका भेगमा बाक्लो हुस्सुको प्रभाव बढ्दो क्रममा रहेको बताउँदै महाशाखाकी मौससविद् मञ्जु बासीले भन्नुभयो– ‘तत्काल तराईको मौसम खुल्ने मौसमी प्रणाली विकास भएको छैन।’
उहाँले दोहोर्याउँदै भन्नुभयो– ‘तराईसहित धेरै ठाउँमा आजभन्दा भोलि र भोलिभन्दा पर्सि अझै तापक्रम घट्ने सम्भावना देखिएको छ।’ गत साता पनि झापादेखि कैलालीसम्मका तराईका भेगमा बाक्लो हुस्सु र शीतलहरको प्रभाव फैलिएको थियो। पश्चिम र मध्यतराईको बाक्लो हुस्सु र कुहिरोको अवस्थामा बिहीबार अपराह्नबाट सुधार आउने बताउँदै विशेष बुलेटिन जारी गरे पनि हुस्सु खुल्न सकेन। नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ११ पुस २०७६, ०७ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
कस्तो रहला आजको मौसम ?
मौसम पूर्वानुमानको अनुमानमै सीमित विश्वास : 'प्रविधि छ, भरोसा छैन'
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना