अमेरिकामा नायिका बिनिता बरालले जन्माइन् छोरी, के राखिन् नाम ?

सफल खबर संवाददाता

विहीबार, १० पुस २०७६, ०९ : ०२
अमेरिकामा नायिका बिनिता बरालले जन्माइन् छोरी, के राखिन् नाम ?

काठमाडौँ । फिल्म चपली हाइटकी नायिका बिनिता बराल आमा बनेकी छिन् । हाल अमेरिकामा बसोबास गर्दै आएकी उनले मंगलबार छोरीको जन्म दिएकी हुन् ।

बिनिताले सामाजिक सञ्जालमार्फत मंगलबार आफूले छोरीको जन्म दिएको उल्लेख गरेकी छिन् । उनले यसअघि नै गर्भवती भएको र छोरी जन्मिन लागेको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन् । उनको अमेरिका निवासी तिलक पौडेलसँग बिहे भएको थियो ।

प्रतिक्रिया दिनुहोस