गायक रामकृष्ण ढकालले लेखे फेसबुकमा यस्तो

सफल खबर संवाददाता

बुधबार, ०९ पुस २०७६, २१ : ३१
गायक रामकृष्ण ढकालले लेखे फेसबुकमा यस्तो

काठमाडौँ । गायक रामकृष्ण ढकालको सम्बन्धबिच्छेद रहस्यमय बनेको छ । जिल्ला अदालत काठमाडौँबाट उनको श्रीमति निलम शाह ढकालसँग सम्बन्धबिच्छेदको मिलापत्र भएपनि उनले भने यो सबै झूट भएको प्रतिक्रिया दिएका छन् । तर जिल्ला अदालत काठमाडौँका न्यायाधीश विदूर कोइरालाको इजलाशले उनको सम्बन्धविच्छेद भएको उल्लेख छ ।

जहाँ निलमले सम्पत्ति नलिइ सम्बन्धबिच्छेदमा सहमति जनाएको र छोरी भने दुबैको संरक्षणमा हुर्कने उल्लेख छ । स्वयम् ढकालसमेतको उपस्थितिमा सम्बन्धबिच्छेदको मिलापत्र भएपनि ढकालले भने सबै झूट भएको प्रतिक्रिया आउनुले सवार रहस्यमय बनेको छ ।

यसैबीच ढकालले आफ्नो फेसबुक पेजमा श्रीमती निलमको फोटो राखेर एक स्टाटस लेखेका छन् । स्टाटसमा उनले अरुले जेसुकै भनेपनि आफूहरुको सम्बन्ध कहिल्यै नपर्ने बताएका छन् । उनले भनेका छन्, ‘अरुले जेसुकै भनुन मतलब छैन्, हाम्रो सम्बन्ध कहिल्यै मर्नेछैन ।’

प्रतिक्रिया दिनुहोस