चर्चित गायक रामकृष्ण ढकाल र उनकी श्रीमतीबीच सम्बन्धविच्छेद

सफल खबर संवाददाता

बुधबार, ०९ पुस २०७६, १७ : २३
चर्चित गायक रामकृष्ण ढकाल र उनकी श्रीमतीबीच सम्बन्धविच्छेद

काठमाडौं । चर्चित गायक रामकृष्ण ढकाल र उनकी श्रीमती निलम शाह ढकालबीच सम्बन्धविच्छेद भएको छ । बुधबार जिल्ला अदालत काठमाडौंमा उनीहरुको सम्बन्धविच्छेद भएको हो । 

सम्बन्धविच्छेदका लागि निलम शाहले मंगलबार निवेदन दिएकी थिइन् । ढकाल र शाहबीच प्रेम विवाह भएको थियो ।

अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठका अनुसार न्यायाधीश विदुर कोइरालाको इजलासले उनीहरुको मुद्दा टुंग्याएको हो ।

शाहले ढकालबाट कुनै पनि अंश वा सेवा सुविधा नलिने भएकी छिन् । त्यस्तै छोरी पनि आमासँगै बस्ने भएकी छिन् ।

छोरीको लालन–पालनमा भने उनीहरूको बराबरी हक लाग्ने गरी आदेश भएको श्रेस्तेदार श्रेष्ठले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस