काठमाडौं । न्याय परिषद्को रिक्त सदस्य पदमा उमेर हद नाघेका लक्ष्मीबहादुर ‘निराला’ खड्कालाई परिषद्मा सिफारिस गरिएको छ । संविधानले न्याय परिषद्का अध्यक्षको उमेर हद ६५ वर्ष तोकेको छ ।
सोहीअनुसार प्रधानन्यायाधीश अध्यक्ष रहने समितिको सदस्यको उमेर हद पनि ६५ वर्ष रहनुपर्नेमा ६५ वर्ष उमेर काटेका खड्कालाई संसदीय समितिले सदस्य पदमा सिफारिस गर्न लागेको छ । संसदीय सुनुवाइ समितिले तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालका महान्यायाधिवक्ता खड्कालाई सिफारिस गरेको हो ।
निराला २०६२ पुस ११ देखि २०६३ वैशाख १५ सम्म महान्यायाधिवक्ता थिए । न्याय परिषद्मा सिफारिस भएका खड्काको विषयमा संघीय संसद् संसदीय सुनुवाइ समितिले सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०९ पुस २०७६, ०७ : २६
लेखकबाट थप