काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारामा आज बिहान नम्बर नखुलेको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
गाडीको ठक्करबाट प्रदेश नं ३–०२–००९ प ७६२१ नम्बरको मोटरसाइकल चालक ४० वर्षीय अर्जुनबहादुर केसीको घटनास्थलमै ज्यान गएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिनुभयो । मोटरसाइकलमा सवार श्रेष्ठका १४ वर्षीय छोरा अमिन भने सकुशल छन् ।
प्रहरीका अनुसार कलङ्कीतर्फ आइरहेको मोटरसाइकललाई सोही दिशातर्फ आइरहेको गाडीले ठक्कर दिएको प्रारम्भिक अनुसन्धानमा देखिएको जनाइएको छ । ठक्कर दिने गाडीको पहिचान नभएकाले खोजी जारी रहेको उहाँले बताउनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०८ पुस २०७६, १५ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
रोल्पामा जिप दुर्घटना, ३ जनाको मृत्यु
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
सवारी दुर्घटनामा चालकको मृत्यु
अछाममा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ जना घाइते