काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गाबाट चार किलो २४५ ग्राम यार्सागुम्बासहित तीन जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दार्चुला दुहम गाउँपालिका–५ का गर्जेसिंह महरा, भारत उत्तराखण्डका प्रेमसिंह र सोही ठाउँ बस्ने हरिशसिंह रहेको प्रहरी प्रधान कार्यालय काठमाडौँले जनाएको छ ।
महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको टोलीले युके ०४ टिबी १९६७ नम्बर कारमा भित्री पार्टपूर्जा मेकानिक्सद्वारा खोली जाँच गर्ने क्रममा गाडीको सिटमुनि उक्त परिमाणको यार्सागुम्बा फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीनै जनालाई सवारी साधन र यार्सागुम्बासहित आवश्यक अनुसन्धान तथा कारवाहीका लागि डिभिजन वन कार्यालय काठमाडौँ पठाइएको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०७ पुस २०७६, १९ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७ लाख ९५ हजार भारतीय रुपैयाँसहित एक जना पक्राउ
बारामा ३ वर्षअघिको हत्याकाण्ड: फरार अभियुक्त पक्राउ परी पुर्पक्षका लागि जेल चलान
कर्तव्य ज्यान मुद्दामा सजाय तोकिएका फरार अभियुक्त झापाबाट पक्राउ
चितवनमा खैरो हेरोइनसहित पाँच जना पक्राउ
राष्ट्रपति कार्यालयबाट चोरी भएको हात्तीको दाह्रासहित पाँच जना पक्राउ
शङ्कास्पद गतिविधिमा संलग्न दुई चिनियाँ नागरिक पक्राउ