काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गाबाट चार किलो २४५ ग्राम यार्सागुम्बासहित तीन जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दार्चुला दुहम गाउँपालिका–५ का गर्जेसिंह महरा, भारत उत्तराखण्डका प्रेमसिंह र सोही ठाउँ बस्ने हरिशसिंह रहेको प्रहरी प्रधान कार्यालय काठमाडौँले जनाएको छ ।
महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको टोलीले युके ०४ टिबी १९६७ नम्बर कारमा भित्री पार्टपूर्जा मेकानिक्सद्वारा खोली जाँच गर्ने क्रममा गाडीको सिटमुनि उक्त परिमाणको यार्सागुम्बा फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीनै जनालाई सवारी साधन र यार्सागुम्बासहित आवश्यक अनुसन्धान तथा कारवाहीका लागि डिभिजन वन कार्यालय काठमाडौँ पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०७ पुस २०७६, १९ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गर्ने एक जना पक्राउ
निकोलस भुसाल पक्राउ
२ सय १० ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ
युके पठाइदिन्छु भन्दै ४२ लाख ठगी, एक जना पक्राउ
अवैध लागू औषधसहित चार जना पक्राउ
चोरीको मोटरसाइकल बेच्न खोज्ने दुई जना पक्राउ