एजेन्सी । अमेरिकाको भर्जिनिया स्थित एक राजमार्गमा सडक दुर्घटना हुँदा ६० वटा गाडी एकआपसमा सडकमै जुधेका छन् । आइतबार बिहान भएको उक्त दुर्घटनामा दर्जनौं व्यक्तिहरु घाईते भएका छन् ।
]कुहिरो र बरफ हुनको कारण उक्त दुर्घटना हुन् पुगेको अधिकारीले बताएका छन् । दुर्घटना एक पछि अर्को गरि गाडी एक आपसमा ठक्कर दिदै थुप्रिएका थिए ।
प्रहरीका अनुसार आइतबार बिहान ८ बजे भन्दा अगाडी योर्क काउन्टीको अन्तर राज्य ६४ मा उक्त घटना हुन् पुगेको हो । जसका कारण दुवै तर्फका सडक बन्द गरिएका छन् । ६३ वटा सवारी साधन दुर्घटना परेका छन् भने ३५ जना मानिसहरु घाइते भएका छन् । घाइतेहरुलाई नजिको अस्पताल लागिएको छ भने कुनै त्यस्तो घातक चोट पटक भने नलागेको प्रहरीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०७ पुस २०७६, ०८ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य
अमेरिका–इरानबीच फेरि तनाव, दुवै पक्षबाट आक्रमण
भारतमा रहेका अमेरिकी राजदूत किन आउन लागे नेपाल ?
चीनलाई इरान–अमेरिका तनावले सकस: उत्पादन र निर्यातमा गम्भीर असर
अमेरिकी उच्च अधिकारी नेपाल आएलगत्तै भारतीय उच्च अधिकारीको पनि भ्रमण
आफ्ना विरोधीलाई साथ दिने व्यक्तिमाथि भिसा प्रतिबन्ध लगाउने अमेरिकाको घोषणा