काठमाडौं । बाराको एक गाउँपालिका प्रमुख सवारी ज्यान मुद्दामा पक्राउ परेका छन् । बाराको विश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल राउत सवारी ज्यान मुद्दामा पक्राउ परेका हुन् । फरार रहेका राउतलाई आज जिल्ला प्रहरी कार्यलय बाराको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विकाशराज खनालले जानकारी दिनुभयो ।
जिल्ला अदालत बाराले विसं २०६३ भदौ २९ गते सवारी ज्यान मुद्दामा २९ दिन कैद र रु दुई हजार जरिवानाको फैसला सुनाएको थियो । त्यसपश्चात केही समय उनी फरार रहेका थिए । त्यही फैसला कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक खनालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ०६ पुस २०७६, २१ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७ लाख ९५ हजार भारतीय रुपैयाँसहित एक जना पक्राउ
बारामा ३ वर्षअघिको हत्याकाण्ड: फरार अभियुक्त पक्राउ परी पुर्पक्षका लागि जेल चलान
कर्तव्य ज्यान मुद्दामा सजाय तोकिएका फरार अभियुक्त झापाबाट पक्राउ
चितवनमा खैरो हेरोइनसहित पाँच जना पक्राउ
राष्ट्रपति कार्यालयबाट चोरी भएको हात्तीको दाह्रासहित पाँच जना पक्राउ
शङ्कास्पद गतिविधिमा संलग्न दुई चिनियाँ नागरिक पक्राउ