चितवन । गैंडाकोटकोट ४ को पौडेल ईलेक्ट्रिक गोदाममा आगलागी भएको छ । राति १ बजे गोदामममा आगलागी भएको र आगोलाग्ना साथ आफूहरुले थाहा पाएपछि राति नै दम्कल बोलाएर आगो नियन्त्रणमा लिएको हाडवेयरका सञ्चालक नवराज पौडेलले बताउनु भयो ।
आगलागीबाट बिजुलीका सामनहरु सबै जलेर नष्ट भएको र घरको दुईवटा कोठामा पूर्ण रुपमा क्षति भएको पौडेलले जानकारी दिनु भयो । विद्युत् सर्ट हुँदा आगलागी भएको उहाँले बताउनु भयो ।
आगलागीबाट ३० लाख बराबरको सामान जलेर नण्ठ भएको उहाँले बताउनु भयो । दमकलको सहयोगले ३ बजेतिर आगो नियन्त्रणमा लिन सफल भएको पैडेलको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ पुस २०७६, ११ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि