सरकारले विदेशमा रहेकाबाट १ अर्ब उठाउँदै

पत्रपत्रिकाबाट

आइतबार, ०६ पुस २०७६, ०७ : ५२
सरकारले विदेशमा रहेकाबाट १ अर्ब उठाउँदै

काठमाडौँ । सरकारले चालू आर्थिक् वर्षमा विदेशमा रहेका नेपालीबाट १ अर्ब रुपैयाँ बचत (ऋण) उठाउने भएको छ । 

वैदेशिक रोजगार बचतपत्रमार्फत सरकारले रोजगारीमा गएका र गैरआवासीय नेपालीबाट उक्त रकम उठाउन लागेको हो ।  देश रहेका नेपालीलाई राष्ट्रिय बचतमा सहभागी बनाउने उद्देश्यले बचतपत्र बिक्री खुल्ला गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस