काठमाडौँ । नेपाल वायुसेवा निगमले लिलाम गर्न राखेको अन्तिम बोइङ ७५७ ‘गण्डकी’ को लिलामी प्रक्रिया शुक्रबार सकिएको छ । नाइन एन–अल्फा चार्ली ब्राभो कल साइनको उक्त बोइङ लिलामीका लागि निगमले तेस्रोपटक आह्वान गरेको प्रक्रियामा तीनवटा अमेरिकी कम्पनी एभीओन, सीएसडीसी र एमके इच्छुक थिए ।
३० वर्ष पुरानो बोइङको आधार मूल्य निगमले ४८ करोड रुपैयाँ राखेको थियो । खरिदकर्ता कम्पनीका प्रतिनिधिबीच बढाबढका आधारमा गरिएको लिलाम प्रक्रियामा कबोल गरेको रकम गोप्य राखिएको छ ।
विमान लिलाम गर्न बनाइएको उपसमितिले कार्यकारी अध्यक्ष मदन खरेललाई प्रतिवेदन बुझाउनेछ । उनले निगमको सञ्चालक समितिको बैठकबाट लिलाममा छनोट भएको कम्पनीबारे सार्वजनिक गर्ने एक अधिकारीले बताए । कान्तिपुर दैनिकमा दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०६ पुस २०७६, ०७ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
नेवानिको टिकट एक रातमा सबै बिक्री
निगमको वाइड बडी जहाज सी चेकपछि दुई महिनापछि फर्कियो