धनुषा । धनुषामा एक प्रहरी घुससहित रंगेहात पक्राउ परेका छन् । धनुषाको धारापानीमा कार्यरत प्रहरी नायव निरीक्षक(सई) १५ हजार रुपैया घुससहित रंगेहात पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले धारापानि स्थित प्रहरी चौकी यज्ञभूमीमा कार्यरत सइ कालीचरण पंजियारलाई १५ हजार रुपैया घुससहित पक्राउ गरेको छ ।
दुर्घटनाको मुद्दा मिलाईदिने भन्दै एक स्थानीयसँग घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयबाट खटेको टोलीले उनलाई शुक्रबार साँझ धनुषाको मिथिला नगरपालिका वडा नम्बर ६ ढल्केवर चोकबाट रंगे हात पक्राउ गरेको हो ।
घुस रकमसहित पक्राउ परेका सई पंजियारलाई आवश्यक कारवाहीको लागि अख्तियार दुरुपायोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय काठमाडौं टंगाल पठाईएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ पुस २०७६, १४ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डकैतीमा संलग्न रहेको आरोपमा चारजना पक्राउ
युवकको हत्या अभियोगमा दुई जना पक्राउ
स्रोत नखुलेको १४ लाख नगदसहित युवक पक्राउ
लागूपदार्थसहित विभिन्न स्थानबाट सोह्र जना पक्राउ
नवलपरासीमा माओवादी उम्मेदवारमाथि कुटपिट गर्ने रास्वपा कार्यकर्ता पक्राउ
ठगी गरेको अभियोगमा तीन जना पक्राउ