पुरुषहरुको यी नराम्रो बानी थाहा पाइराख्नुहोस्,

एजेन्सी

शनिबार, ०५ पुस २०७६, ०९ : ५७
पुरुषहरुको यी नराम्रो बानी थाहा पाइराख्नुहोस्,

काठमाडौं । तपाईंको पुरुष पक्कै पनि निकै राम्रो हुनुहुन्छ तर तपाईंलाई रिस उठ्ने केही कुराहरु गर्दै गर्नुहुन्न भन्ने छैन । यहाँ उहाँले गर्ने केही कुराहरु दिइएका छन् जसलाई तपाईंले सामना गनुपर्ने हुन्छ ।

तपाईंहरु डेटमा जाँदा मेसेज गर्ने बानी :

तपाईंहरु डेटमा जाँदा उहाँले कसैलाई मेसेज गरिररहेको र बिजनेस कल लिएको देख्दा कसलाई पो रिस उठ्दैन र ? तर, रिलेसनसिप एक्सपर्टहरुका अनुसार उहाँको यस्तो व्यवहारले उनलाई अशिष्ट भन्न मिल्दैन । डेटको बेलामा बाहिरको टेन्सन नलिई एक अर्कालाई समय दिन चाहेको कुरा तपाईंले उहाँलाई नरमसँग भन्न सक्नुहुन्छ ।

बिचारको बारेमा सोध्दा ‘मलाई मतलब छैन’ भन्ने बानी :

तपाईंलाई के कुरा ठिक लाग्छ भन्ने कुरा थाहा नपाएको खण्डमा तपाईंको पुरुष चुप लाग्ने गर्दछन् । त्यसैले यदि तपाईंले केही कुराको बारेमा सल्लाह माग्दा वा बिचारको बारेमा सोध्दा धेरैजसो ‘मलाई मतलब छैन’ भन्ने उत्तर आउने गर्दछ । तपाईंले आफ्नो मनपर्ने कुराको बारेमा आफ्नो पुरुषलाई भन्नुहोस् र उहाँको बिचार आफ्नो जीवनमा धेरै महत्व राख्ने कुरा पनि भन्न नबिर्सिनुहोस् ।

अफिसबाट फर्कदाँ धेरैजसो चुपचाप लाग्ने बानी :

अफिसको कामले उहाँलाई धेरै तनाव दिइरहेको कुरा बुझ्नुहोस् । उहाँ अफिसबाट फर्किसकेपछि आफैँसँग केही समय बिताउने मौका दिनुहोस् । उहाँलाई अफिसबाट आउने बित्तिकै बाहिर जाने कुरा र आफूलाई समय दिने कुरामा कचकच गर्न थाल्नुभयो भने उहाँलाई रिस उठ्ने सम्भावना बढी हुन्छ । केही समयका लागि एक्लै हुनाले उहाँको आत्मबलमा वृद्धि भई मुड परिवर्तन हुने गर्दछ ।

तपाईं तयार हुन लगाएको समयमा रिसाउने बानी :

यो निकै साधारण कुरा हो । पुरुषहरु तयार हुन धेरै समय लगाउँदैनन् र जब तयार हुन्छन् तब कुर्न झर्को मान्ने गर्दछन् । उहाँ तयार भइसकेपछि केही रचनात्मक कामहरु गर्न लगाउनुस् जस्तै रेष्टुरेन्टमा फोन गरेर रिजर्भ भए नभएको पत्ता लगाउने अथवा कुकुरलाई बाहिर लैजाने जस्ता कुराहरु गरेर उहाँलाई भुलाउन सक्नुहुन्छ र आफू मज्जाले तयार हुन सक्नुहुन्छ ।